डोटीमा हलियाको समस्या समाधानका‌ लागि,कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजनाले काम गर्ने

डोटी-हलियाको समस्या लाइ समाधान का‌ लागि डोटी का तिन वटा स्थानीय तहमा परियोजना ले काम गर्ने भएको छ । जिल्ला को दिपायल सिलगढी नगरपालिका,सिखर नगरपालिका र सायल गाउँ पालिका मा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य नामक परियोजना लागु हुने भएको छ।

आज दिपायल सिलगढी नगरपालिकाको शभाहलमा भएको नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन्। डोटी जिल्ला सहित नेपालमा हलिया समुदायको शिक्षा, स्वास्थ, रोजगारी, लगायतका पक्षको विकास हुन नसकेको कारण आगामी दिनमा हलिया समुदायको विकास तथा विस्तारको लागी नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्यका लागी परियोजनाले काम गर्ने कार्यक्रम संयोजक नरेन्द्र वि.क ले जानकारी दिनुभयो ।


जिल्लामा मुक्त हलियाको सवालमा कार्यक्रम केन्द्रीय रहने बताईएको छ ।यस भन्दा पहिला समुदायमा हलिया संग बसेर कार्यक्रम नगरेको तर अबको यस कार्यक्रमले स्थानीय तह र वडा पालिका संग गएर त्यहाँ रहेका हलिया समुदायको शिक्षा, स्वास्थ्य, परिचय पत्र उपलब्ध गराउने किसिमका परियोजनाले गर्ने सम विकास केन्द्र (ईडिसी) नेपालीका कार्यक्रम संयोजक केसब परियारले बताउनुभयो ।

Sayalb

ईडिसी नेपालका विभिन्न परियोजनाले समाज रुपान्तरण र जनचेतना अभियानमा उल्लेखनीय रुपमा विगत देखि नै गर्दै आएकोले नयाँ परियोजनाले हलिया हरुको पुनःस्थापन गर्नको लागि पहल गर्नेमा आफु विस्वस्थ रहेको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिवराज खड्काले बताउनुभयो ।


एक्सन एड नेपाल को आर्थिक सहयोग मा सम बिकास केन्द्र इडिसी को सहजिकरणमा उक्त परियोजना लागु हुने भएको हो।कार्यक्रम मा दिपायल सिलगढी नगरपालिका उप प्रमुख, वडा अध्यक्ष,बिषय गत साखा प्रमुख पत्रकार लगायतका सरोकारवालाको उपस्तिथि रहेको थियो।

Shaileshwori
Loading...