माओवादी केन्द्र सायलको अध्यक्षमा डबल साउद

डोटी : नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) सायल गाउँपालिकाको अध्यक्षमा डबल साउद चयन भएका छन् । सायल गाउँपालिका वडा नम्बर ५ दधिलगडामा आईतवार भएको प्रथम पालिका अधिवेशनबाट साउदको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

कमिटीको बरिस्ठ उपाध्यक्षमा सन्देश थापा, उपाध्यक्षमा सुरेन्द्र साउद, सचिवमा हरिपाल थापा, सह-सचिवमा राम बहादुर सिँह र तेज पाण्डे, काेषाध्यक्षमा बिमला थापा चयन भएका छन् । सम्पूर्ण पदाधिकारी सहित ४९ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको निर्वाचन अधिकृत लालबहादुर राेकायाले बताएका छन् ।

Sayalb

यस्तै नेकपा माओवादी केन्द्र सुदुर पश्चिम सम्मेलनका लागि ७ सदस्यीय महाधिवेशन प्रतिनिधि चयन गरिएको नव गठित संगठन कमिटीका अध्यक्ष डबल बहादुर साउदले बताए । कार्यक्रमको प्रमुख अथिती माओवादी केन्द्र सुदुर पश्चिम प्रदेश कमिटी सदस्य भरत बाेहरा रहेका थिए ।

हाल सायल गाउँपालिकामा माओवादी केन्द्रका आँठ सय ५३ संगठित सदस्य छन । सो संख्यालाई यसै वर्षभित्र बृद्वी गरि १२ सय पुर्‍याउने लक्ष्य रहेको नेकपा माओवादी केन्द्रका युवा नेता तेजबहादुर डुम्रेलले बताए ।

Shaileshwori
Loading...