Before Header
After Navigation

माओवादी केन्द्र डोटीद्धारा नहरमा पानि ल्याउन स्थानियलाई सहयोग

डोटी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दिपायल सिलगढी नगर पालिका–४ कुमालिकोटको नहरमा १ दिने श्रमदान गरेको छ । माओवादी केन्द्रका सुदुर पश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्र बहादुर साउदको नेतृत्वमा गएको टोलिले बेमौसमी वर्षाका कारण बगाएको नहरको बाँध पुनः निर्माण गरि नहरमा पानि फर्काउन स्थानियलाई सहयोग गरेको हो ।

वाइसीएल नेपाल, दिपायल सिलगढी नगरपालिका नगर संगठन कमिटी र स्थानीय कुमालिकोटका पुरुष तथा महिलाहरुको सहभागीतामा श्रमदान गरिएको नगर अध्यक्ष अशोककुमार सोपले बताए ।

Sagan sahari bhawan nirman aayojana

किसान दाजुभाइले गुहार मागेपछि फिल्डमै पुगेर एक दिने श्रमदान गरेको प्रदेश कमिटी सदस्य खगेन्द्र बहादुर साउद केवीले बताए । पछिल्लो समय नेकपा माओवादी केन्द्र दिपायल सिलगढी नगर कमिटीको श्रमदानबाट अवरुद्ध सडक खोल्ने, घर मर्मत गर्ने जस्ता विभिन्न कामहरू भइरहेको युवा नेता तेजबहादुर डुम्रेलले बताए ।

Shaileshwori
Loading...