युएसएसबिएमद्धारा सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रलाई सामाग्री हस्तान्तरण
मोहन ठकुल्ला, डोटी
उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड १९ प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजना अन्तर्गत द लुथरन विश्व फेडरेसन नेपाल र अष्ट्रेलियन ए आइडिको संयुक्त सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेको नवलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लामिखालद्वारा संचालित सेवा केन्द्रलाई एक लाख ४४ हजार ८ सय १६ बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।
लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियानको अवसर पारेर उक्त सामग्री हस्तान्तरण गरिएको युएसएसबिएमका अध्यक्ष टीका नेपालीले बताउनु भयो ।
जाडो मौसमलाई मध्यनजर गरेर समुदायकाा विभिन्न महिलाको लागि भनेर टेलिभिजन, हिटर, टेबल पंखा, ईलेक्ट्रिक जग, कित्ली, खाना पकाउने राईस कुकर, सिलिन्डर, ग्यास चुलो, फिल्टर, भान्सामा आवश्यक पर्ने सामग्री, लुगा कपडा लगायत सामग्री दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।