जोरायलमा ८ दिने उद्यमशिलता विकास सम्वन्धि तालिम सम्पन्न

शिव ओली, डोटी
डोटीको जोरायल गाउपालिका वडा नम्बर २ रुबसकाँडामा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा)उद्यमशिलता सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा यहि मंसिर १८ गतेदेखि सुरु भएको तालिम २५ गते (सनिवार) सम्पन्न भएको हो । ३५ जनाको सहभागीता रहेको तालिममा ४ दिन सम्भाव्य उद्यमीहरुका लागि व्यवसाय सुरु तालिम र ४ दिन लैङ्गगीक समाबेशी तालिम दिईएको तालिमका सहजकर्ता निर्मला दर्लामी मगरले बताउनुभयो ।

तालिमको समापन कार्यक्रमको प्रमुख अतिथी जोरायल गाउपालिकाकी उपाध्यक्ष जमुना बोहरा रहनु भएको थियो । तालिममा सहभागीहरुलाई उहाँले प्रमाण पत्र दिनुका साथै सम्मान समेत गर्नुभयो । रुबसकाडालाई पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न आवस्यक रहेको बताउदै उहाँले भन्नुभयो, आन्तरिक तथा बाह्य पर्यटकका लागी लगत्तै होमस्टे सञ्चालनका लागी गाउँपालिकाले तयारी गरीरहेको छ । त्यसका लागी आवस्यक पर्ने आर्थीक र प्राविधिक कुराहरुको व्यवस्था गाउपालिकाले गर्ने उहाले बताउनुभयो ।
रुबसकाडा लघु उद्यमी समुहका अध्यक्ष किशोर सिजालि मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका फोकलप्रसन तथा जोरायल गाउपालिकाका प्रशासकिय अधिकृत चन्द्र सिं ऐडी, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।
