गणेश बम अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत

डोटी : गणेश बम नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको सदस्यमा मनोनीत भएका छन् । गत असोज १४ देखि १८ गतेसम्म काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेटअनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

Sayalb

जसमा डोटीबाट बम मनोनीत भएका हुन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडा घर भएका बम बि.स.२०६५ देखि विद्यार्थी संगठनमा आवद्ध छन् । उनी पहिलो पटक दिपायलमा रहेको दिल्पेश्वर माद्यामिक विद्यालयको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को कमिटीमा बसेका थिए । बम अखिल (क्रान्तिकारी) डोटीका पुर्व अध्यक्ष पनि हुन् ।

Shaileshwori
Loading...