बेड टोल जिल्लाकै पहिलो बालविवाह मुक्त टोल बन्यो

तेजु ओली, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाको बेड टोल जिल्लाकै पहिलो बालविवाह मुक्त टोल घोषणा भएको छ । वडा अध्यक्ष राम बहादुर खड्काले एक कार्यक्रमका बिचमा उक्त टोललाई बालबिवाह मुक्त घोषणा गर्नुभएको हो । अध्यक्ष खड्काले टोल विद्यालय हुदै अबको केही महिना भित्र बालबिवाह मुक्त वडा घोषणा गर्ने तयारी भई रहेको र चाँडै बालबिवाह मुक्त वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत तथा सुचना अधिकारी एकराज बडुले उक्त टोलमा बालबिवाह नभएकोले बालबिवाह मुक्त टोल घोषणा गरिएको बताउनुभयो । जिल्लाकै पहिलो टोल घोषणा हुनमा सबै सरोकारवालाको महत्वपूर्ण भुमिका रहेको भन्दै सबैलाइ धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बालबालिकाले बालबिवाह सम्बन्धि विभिन्न सास्कृतिक कार्यक्रम, सडक नाटक, गित प्रस्तुत गरेका थिए । स्थानिय, महिला, बालबालिका, संस्थाका प्रतिनिधि, वडा अध्यक्ष, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Sayalb

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिएको छ । सरकारको लक्ष्य हासिल गर्न र बालबिवाह न्युनिकरण गर्नको लागि संस्थाले काम गरिरहेको गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक रन्जित चौधरीले बताउनुभयो । दिपायल सिलगढी नगरपालिका वडा नं ८ लाइ बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न तीन वर्ष अघिदेखि गुड नेवर्स इन्टरनेट नेपाल र सामुदायिक विकास केन्द्र डोटीको सहकार्यमा विद्यालय र समुदायमा बिभिन्न कार्यक्रम भैरहेका छन् ।

Shaileshwori
Loading...