Before Header
After Navigation

बाल अधिकार सम्बन्धी क्षमता अभिबृद्धी तालिम सम्पन्न

Sagan sahari bhawan nirman aayojana

डोटी – बाल संरक्षण लैंगिक हिंसा न्यूनिकरण र योजना तर्जुमा प्रक्रिया विषयक तिन दिने क्षमता अभिबृद्धी तालिम शनिबार सिलगढीमा सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वय तथा बास नेपालको आयोजनामा बिहीबार देखि सुरु भएको तालिम बाल बालिकाको डोटीको अवस्थाको बारेमा छलफल गर्दै सम्पन्न भएको हो ।
बालबालिकाहरुलाई लक्षीत गरेर संचालन गरेको तालिममा बालअधिकार, बाल संरक्षण, बालबिकास बाल सहभागिता लगाएत लैंगिक हिसाँ न्यूनिकरणको लगाएतका विषय बस्तुमा छलफल गरिएको बास नेपालका परियोजना अधिकृत रबीन्द बोहराले बताए ।
छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख दान बहादुर मल्लले लैंगिक हिंसा र डोटीको अवस्थाको बारेमा, दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द जोशीले बाल सहभागिता र लंैगिक हिंसाको बारेमा र मानबअधिकार कर्मि तथा पत्रकार रामहरी ओझाले बाल अधिकार र बिकासको बारेमा बासका रबिन्द बोहराले योजना प्रक्रीयाको बारेमा छलफल तथा सहजिकरण गरेका थिए ।
तिन दिन सम्म संचालन भएको तालिममा विभिन्न बाल क्लब र सञ्जाल बाट २० जना बालबालिका र १० जना युवाहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

Shaileshwori
Loading...