स्वयंयसेवक लाई क्षमता विकास सम्बन्धी अभिमुखीकरण

पुस ३ डोटी
बागेश्वरी असल शासन क्लब नेपालले डोटीमा स्वयंमसेवकहरुलाई क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सिलगढीमा सम्पन्न गरेको छ ।

डोटी जिल्लामा कोभिडको समयमा सेवा प्रदायक निकाए र समुहलाई सहयोग पुर्याउने उद्देश्यका साथ छनोट गरीएका १० जना युवा स्वयंमसेवकहरुलाई कोभिड बाट बच्न र बचाउन अपनाउने उपायहरुको बारेमा जानकारी गराईएको छ ।

Sayalb

स्वयंमसेवकहरुले जिल्लाका विभिन्न स्थानमा गएर जनचेतनामुलक कार्यक्रम गर्ने, कोभिडको बारेमा जानकारी गराउने, स्वास्थ्य सामाग्रि माक्स सेनिटाईजर बितरण गर्ने, कोभिडमा संक्रमीत र अन्यको ब्यवहारलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर विभिन्न किसीमका कार्यक्रमहरु संचालन गर्नुपर्ने लगाएका जिम्मेबारी रहेको बास नेपालका सुचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

स्वयंमसेवकमा डोटी जिल्लाका सात वटा स्थानिय तहका १० जना युवा युवतीहरु छनोट गरिएको समेत जानकारी गराए ।

Shaileshwori
Loading...