मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंछी विकास कार्यक्रको समिक्षा तथा अन्तरक्रिया सुरु

तेजु ओली, डोटी
“नमूना कृषि गाउँ आफैँ बनाऔ” भन्ने मुल नाराका साथ आइतवार दिपायलमा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंछी विकास कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी र कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत “नमूना कृषि गाउँ, आफैँ बनाऔ”भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । भुमि कृषि तथा सहकारी मन्त्री बिनिता देवी चौधरीको अध्यक्षता र मुख्य मन्त्री त्रिलोचन भट्टको प्रमुख आथित्यतता रहेको छ ।
सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङका कृषकहरू र कृषि ज्ञान केन्द्रको सहभागिता रहेको छ । कार्यक्रममा सडक सञ्जालले नछोएको सिचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाब, किसानको माग चाहान आवश्यकता अनुसार नभएर माथि बाटै योजना आउने गरेका कारण पनि समस्या भएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा डोटी जिल्लामा सबैलाइ स्वागत गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पुर्याउने बताउनुभयो । सुदुरपश्चिम प्रदेशका सबै स्थानिय तहमा लागु भएको उक्त कार्यक्रम प्रदेश सरकारको अपेक्षा अनुरुप अगाडि बढेको बताउदै तरकारी, फलफूल, खेतीपाती, माछापालन, बाख्रा पालन लगायतका क्षेत्रमा राम्रो प्रगति गरेको कृषि निर्देशनालय कार्यालय डोटीका निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।
