
डोटी : शुक्रबार साझ आएको हावाहुरीले चनुकाँडा आधारभुत विद्यालयमा क्षति पुर्याएको छ । बोगटान फुड्सिल गाउँपालिका ७ चनुकाँडामा अवस्थित उक्त विद्यालयका संरचनामा पिपलको रुख ढलेपछि क्षति हुन पुगेको हो ।

विद्यालय नजीकै रहेको पिपल ठूलो हावाहुरीका कारण ढलेपछि भान्सा कोठा, ४ ओटा सौचालय र ३ कोठे विद्यालय भवनमा क्षति भएको स्थानिय देव साउदले बताएका छन् । ठुलो हावाहुरी बाट बोगटानमा थुप्रै क्षति भएको छ ।
