अन्तर्राष्ट्रिय युवा दिवस डोटीमा पनि मनाइयो

डोटी : २३ औँ अन्तर्राष्ट्रिय युवा दिवस डोटीमा मास्क वितरण गरेर मनाइएको छ । राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समिति डोटी र जिल्ला युवा सशक्तीकरण समिति डोटीले विभिन्न सङ्घसंस्थाको सहयोगमा संयुक्तरुपमा मास्क वितरण गरेर दिवस मनाएका हुन् ।
Sayalb
जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएको र आजै गाईजात्रा पर्व भएकाले भिडभाड बढ्ने कुरालाई मध्यनजर गर्दै मास्क वितरण गरेको सम विकास केन्द्र नेपाल डोटीका कार्यक्रम संयोजक नरेन्द्र विकले बताए । साथै मास्क वितरण कार्यक्रममा सूचना शिक्षा सामग्री वितरण तथा प्रदर्शनी गरिएको पनि उनले बताए ।
कार्यक्रममा किशोर किशोरीका लागि बृहत् यौनिकता शिक्षा, बाल विवाह सम्बन्धीका जनचेतनामूलक पोस्टर तथा सुरक्षित गर्भपतन सम्बन्धी जानकारीमूलक प्लेकार्ड  वितरण गरिएका हुन् । दिवस मनाउनको लागि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६, नेपाल परिवार नियोजन सङ्घ डोटी, सम विकास केन्द्र नेपाल डोटी, सामुदायिक विकास केन्द्र डोटी, एक्सन एड नेपाल, सिड नेपाल, फेडो डोटी सहयोग गरेका हुन् ।
Shaileshwori
Loading...