
जेठ २५, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको सभापतिमा केशव बलायर सर्वसम्मत चयन भएका छन् । राजपुरस्थित सेती सभा हलमा आइतबार सुरु भई सोमबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनबाट बलायरको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको हो ।

रास्वपा डोटीका संस्थापक सदस्य बलायर सभापतिमा दोहरिएका हुन् । सभापतिमा बलायरसहित दुई जनाले आकाङ्क्षा देखाउँदा अधिवेशन लम्बिएको थियो । यद्यपि आकाङ्क्षीका बिचमा सहमति भएपछि बलायर निर्विरोध चयन भए ।
बलायरको नेतृत्वमा जिल्ला कार्यसमितिको उप सभापतिमा धनबहादुर बोहरा, सचिव विष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा मोहना साउद, टेक बोगटी, इन्द्र खड्का, खिम बहादुर बिठाडी, लाल भूल, केशव परियार, कविराज खत्री र सन्तोष भण्डारी चयन भएका छन् ।
