
सिलगढी : डोटीमा बुधवार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यो सँगै जिल्लामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ४३ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका कोरोना सङ्क्रमित ६ जना दिपायल सिलगढी नगरपालिका र ३ जना बडिकेदार गाउँपालिकाका हुन् ।

हाल जिल्लामा २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

