
डोटी : अखिल ( क्रान्तिकारी ) के.आई.सिंह गाउँपालिका कमिटीको अध्यक्षमा ओम प्रकाश भाट चयन भएका छन् । शनिवार दोस्रो गाउँपालिका सम्मेलनबाट भाटको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएकोे हो ।

कमिटीको उपाध्यक्षमा सीमा मलासी, देव जोशी, सचिवमा शिद्दराज बिक, सह सचिवमा सुशीला बिक र वासु भट्ट, कोषाध्यक्षमा सुनिता कार्की चयन भएका छन् ।
यस्तै अखिल ( क्रान्तिकारी ) दिपायल सिलगढी नगर अध्यक्षमा भिस्म भट्ट सर्बसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा सुरेस नेपाली र मनोज बिक, सचीवमा दिब्य सिंह सह-सचीवमा दिपक सिंह ठकुरी र बसन्ती बिक, कोषाध्यक्षमा तुल्छी बिस्ट लायत २५ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएको छ । जिल्ला कमिटी डोटीका अध्यक्ष प्रकाश जैशीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अशोक कुमार सोपको प्रमुख आतिथ्यता, ध.उ.मा. कमिटी सदस्य डिल्लिराज भट्ट क्रान्तिकारी नगर अध्यक्ष सुनिता थापा, वर्डा नम्बर ४ कमिटी अध्यक्ष हिरा बिक लगायत बिभिन्ना बिधालयका प्रतिनिधि विद्यार्थीको उपस्थिति रहेको थियो ।