
डोटी : बोगटान फुड्सिल गाउँपालिका स्तरीय चौथो संस्करणको पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगिता सिमचौरले जितेको छ । वडा नम्बर ६ गगुडामा मङ्गलवार देखि सुरु भएको प्रतियोगितामा केदार अखडाको टिमलाई हराउँदै सिमचौरले जित हात पारेको हो ।
जितसँगै सिमचौरले रु ६० हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको केदार अखडाले रु ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आयोजक गगुडा तेस्रो भएको छ । गगुडाले रु २० हजार ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता बिहिवार सम्पन्न भएको हो ।

