अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं : नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट आरसी लामिछानेलाई हराउदैँ अध्यक्षमा बडाल निर्वाचित भएका हुन् । पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि हिजो मतदान गरिएको थियो ।

Sayalb

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट र महासचिव नरेश रोकाया निर्वाचित भएका छन् । सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाशपौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई रवितिता काफ्ले, कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए ।

Shaileshwori
Loading...