सुत्केरीको दार्चुलामा हेलिकप्टरबाट उद्धार

 दार्चुलामा हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ।जिल्लाको व्याँस गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो।

Sayalb

बडूको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि उनलाई बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

Shaileshwori
Loading...