दार्चुलाबाट धनगढी जाँदै गरेको ट्रक भासूँ भिरमा खस्यो

कैलाली : दार्चुलाबाट धनगढी जाँदै गरेको ट्रक  दुर्घटनामा  परेको छ । सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनीको खाली ग्यास सिलिन्डर बोकेको मालवाहक ट्रक भासूँ भिरमा खसेको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारा नगरका राजेन्द्रप्रसाद बिस्टको ट्रक आइतबार राति १ बजे चुरे गाउँपालिका–५ खानीडाडास्थित भासूँ भिरमा  खसेको हो । ट्रक करिब ८ सय मिटर तल खस्दा मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पूर्ण क्षति छ ।
Shaileshwori
Loading...