खप्तडमा आध्यात्मिक सम्मेलन हुने, रामदेवले प्रवचन दिने

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन स्वामी रामदेव आउने भएका छन् । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा जेठ २३ देखि २५ गते सम्म तीन दिन आध्यात्मिक सम्मेलन हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने तय भएको आयोजकले जनाएको छ । आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सयजनालाई सहभागी गराउने आयोजकको तयारी छ ।

Sayalb

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, स्वामी रामदेव, जगत गुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्ति आउने तय भइसकेको उनको भनाइ छ । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम छ । योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ ।

Shaileshwori
Bolpatra
Loading...