कैलालीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

कैलाली : कैलालीको घोडाघोडीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् ।  शनिवार दिउँसो सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन् ।

Sayalb

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बस घोडाघोडी नगरपालिका १० घुम्नीभाकलमा ठोक्किएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरबहादुर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना घाइते भएको विश्वकर्माले बताए ।

घाइतेको सुखड स्थिति घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

Shaileshwori
Loading...