डोटीमा अटो दुर्घटना : पाँच जना घाइते

भदौ ४, डोटी । डोटीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहिवार अपराह्न ४ः२० बजेको समयमा दिपायल–बोगटान  सडकखण्डको के.आई.सिंह गाउँपालिका–४ बास्कोटस्थित अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी रण बहादुर चन्दका अनुसार वायलबाट देउरडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ८६८४ नम्बरको अटो दुर्घटनामा परेको हो । के.आई.सिंह गाउँपालिका–३ बासुदेवीका २४ वर्षीय दीपेन्द्र बमले चलाएको अटो ब्रेक फेल भई सडकको दायाँतर्फको नालीमा पल्टिँदा अटोमा सवार पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा के.आई.सिंह गाउँपालिका–३ डल्लाकी ५५ बर्सिया लछु ऐर, ४५ बर्सिया मातादेवी ऐर र १५ बर्सिया चेतना ऐर, वडा नं. २ देउगडाकी ३५ बर्सिया गौरीदेवी मल्ल र वडा नं. ३ बासुदेवीकी ५५ बर्सिया हरिनादेवी बम रहेका छन् । घाइतेहरूमा लछु, चेतना, गौरीदेवी र हरिनादेवीको अवस्था मध्यम रहेको छ, भने मातादेवीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि महाकाली अस्पताल, राजपुर डोटी पठाइएको छ ।

Shaileshwori
Bolpatra
Loading...