अटो दुर्घटनामा परि घाइते महिलाको मृत्यु

भदौ ४, डोटी । अटो दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । घाइते के.आई.सिंह गाउँपालिका–३ दल्लकी ५५ बर्सिया लछु ऐरको मृत्यु भएको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी रण बहादुर चन्दका अनुसार ऐरलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा शिखर नगरपालिका-१ कालागाड स्थित बाटोमा मृत्यु भएको हो । आज अपराह्न ४:२० बजेको समयमा सु.प.प्र.०१–००१ ह ८६८४ नम्बरको अटो दुर्घटनामा घाइते भएकी ऐरको साँझ ६:४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिपायल–बोगटान  सडकखण्डको के.आई.सिंह गाउँपालिका–४ बास्कोटस्थित अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । अन्य ४ जनाको राजपुर स्थिति महाकाली अस्पताल, राजपुर डोटी उपचार भइरहेको छ ।https://muluknews.com/archives/22813

Shaileshwori
Bolpatra
Loading...