

डोटी : उप. प्राध्यापक लोकराज भट्ट डोटी बहुमुखी क्याम्पस डोटीको सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्षको कार्यालयले बुधवार उप. प्राध्यापक भट्टलाई डोटी बहुमुखी क्याम्पसको सहायक प्रमुखमा नियुक्त गरेको हो ।
ज्येष्ठताका आधारमा क्याम्पस प्रमुख दिलानन्द जोशीको सिफारिसमा भट्टलाई सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको । सहायक क्याम्पस प्रमुखमा नियुक्त भएसँगै भट्टले बुधवार नै पदभार ग्रहण गरेका छन् । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने भट्टले बताएका छन् ।
