खप्तड-शैलेश्वरी गोल्ड कप : डिएसएस र एसवाइसी सेमिफाइनलमा प्रवेश 

सुवास नेपाली, डोटी 
Sayalb
डोटीमा जारी खप्तड-शैलेश्वरी गोल्ड कप अन्तर्गत आज भएका क्वाटर फाइनलका खेलमा डिएसएस दिपायल  र एसवाइसी विजयी भएका छन् । डिएसएस दिपायल र डोटी उद्योग वाणिज्य सङ्घ बिच भएको खेलमा डोटी उद्योग वाणिज्य सङ्घलाई डिएसएस दिपायल ५-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ भने सिवाइसी सिलगढी र ब्ल्याक स्टोन राजपुर बिच भएको खेलमा ब्ल्याक स्टोन राजपुरलाई सीवाइसीले ८-० ले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
डिएसएस दिपायल र डोटी उद्योग वाणिज्य सङ्घ बिच भएको खेलमा डिएसएसका प्रकाश भट्ट र सिवाइसी सिलगढी र ब्ल्याक स्टोन राजपुर बिच भएको खेलमा आयुष घले म्यान अफ द म्याच घोषित भएका छन् । भोलि सोमबार ४:३० बजे भैरव प्रसाद गण “बि ” र सेती प्राविधिक शिक्षालय बिच खेल हुने आयोजकले जनाएको छ ।
Shaileshwori
Loading...