धनगढीका दुई अस्पताल बन्द गर्न प्रशासनको निर्देशन 

जिल्ला प्रशासन कार्यालय कैलालीले अवैध रूपमा सञ्चालन भइरहेका धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न निर्देशन दिएको छ । धनगढीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र सञ्जीवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको बजार अनुगमन समितिले अनुगमनको क्रममा ती दुवै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएपछि तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो ।
Sayalb
अनुमति विना सञ्चालित स्वस्तिक हस्पिटलले केही साता अघि मात्रै मिर्गौलाको पत्थरीको अप्रेसनको क्रममा एक बिरामीको मिर्गौला झिकेपछि बिरामीको ज्यान गएको थियो ।   स्थानीय प्रशासनको निर्देशनपछि बुधवार वाट ती अस्पताल बन्द हुने भएका हुन् । निर्देशनको अवज्ञा गरिए बुधवार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।   जोशीले भने, ‘हामीले प्रहरीलाई पनि पत्र लेखिसकेका छौ । भोलि बन्द नगरिए हामी बन्द गर्छौ ।’   १५ शय्याको अस्पताल सञ्चालनको लागि स्थानीय तह र २५ शय्यामाथिको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र एक सय  शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।
Shaileshwori
Loading...