चवरा चौतारा स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ कार्यक्रम 

असोज ०८, डोटी
बोगटान फुड्सिल गाउँपालिका–७ मा रहेको चवरा चौतारा स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक २०७९/०८० मा स्वास्थ्य चौकीबाट प्रवाह भएका सेवा सुविधा र प्रगतिको सार्वजनिक सुनुवाइ कार्यक्रम सोमवार भएको हो ।
Sayalb
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख प्रकाश बहादुर विकले गत आर्थिक वर्षमा कार्यालयबाट प्रदान गरिएका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । प्रमुख विकका अनुसार गत वर्ष स्वास्थ्य चौकीले ६ लाख ८१ हजार दुई सय एक रुपैयाँ आम्दानी गरेको छ भने ६ लाख २ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीको अनुपातमा स्वास्थ्यकर्मीको अभाव रहेको प्रमुख विकको भनाइ छ ।
स्वास्थ्य चौकी प्रमुख विकले भने, ‘गाउँपालिकाले करारमा राखेको एक जना एमबिबिएस डाक्टरले यही बाट सेवा दिइरहेका छन्, यसबाट हामीले दिने सेवा प्रभावकारी भएको छ तर हामीलाई स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको केही अभावले चुनौती थपिएको छ ।’ नागरिकका लागी कार्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन कोसिस जारी राखेको विकले बताएका छन् । स्वास्थ्य चौकीले स्थानीय निकायको सहकार्यमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको तयारी, होम डेलिभरी सेवा, सुत्केरी तथा कुरुवालाई कम्बलको व्यवस्था गर्ने जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चन्द्रमान सुनारले नागरिकको स्वास्थ्य सुरक्षाका निम्ति स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष सुनारले व्यक्तिगत रूपमा र वडाको तर्फबाट स्वास्थ्य चौकीको विकासको निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
Shaileshwori
Loading...