माओवादी नेता योगीले बिरामीलाई फलफूल वितरण गरेर मनाए जन्म दिन

कार्तिक ०२, डोटी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–सचिव केशव नाथ योगीले बिरामीलाई फलफूल वितरण गरेर जन्म दिन मनाएका छन् । सह–सचिव योगीले बिहीबार परेको जन्म दिनको अवसरमा राजपुर दिपायल स्थित सुजङ्ग अस्पतालमा बेड भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका हुन् ।

Sayalb

फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा मानवीय सेवा नै धर्म हो भन्ने हेतुका साथ बिरामीलाई फलफूल वितरण गरेको योगीले बताएका छन्  । फलफूल वितरणसँगै बिरामीको स्वास्थ्य लाभको कामना गरेको योगीले बताए ।

Shaileshwori
Loading...