ईडिसीको परिचयात्मक तथा चियापान कार्यक्रम

माघ ०८, डोटी । सम विकास केन्द्र (इडिसी) नेपालले जिल्ला स्तरीय परिचयात्मक तथा चियापान कार्यक्रम गरेको छ । संस्थाको नयाँ कार्यसमिति निर्वाचित भएपछि सोमबार दिपायल सिलगढी नगरपालिकाको हलमा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो । संस्थासँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिसँग नव निर्वाचित कार्यसमितिको परिचय गराने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संस्थाले बताएको छ ।

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले समतामूलक समाज निर्माण गर्ने संस्थाले बोकेको उद्देश्य पुरा गर्न आफ्ना गतिविधि बढाउन अनुरोध गरे । उनले विश्वव्यापीकरणले सबैलाई चुनौती दिइरहेको र त्यो सँग जुध्न सक्ने किसिमका कार्यक्रम ल्याउँदै आन्तरिक सुशासनमा ध्यान दिन आग्रह गरे ।

Sayalb

कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले इडिसीले जिल्लामा सामाजिक क्षेत्रमा राम्रो कार्य गरिरहेकाले सेवा विस्तार गर्न आग्रह गरे । समाजमा देखाउन खोजेको सन्देश प्राप्त हुन समय लाग्न सक्ने भएकाले त्यति बेला हतोत्साहित नभई कर्म गर्न छोड्न नहुने प्रमुख सिंहले बताए ।

संस्थाका नव निर्वाचित अध्यक्ष केशव परियारले कार्यक्रमबाट उठेका सल्लाह र सुझाव ग्रहण गर्दै आगामी कार्य योजनामा समेट्ने बताए । २०५३ सालमा स्थापना हुँदा देखि दलितको क्षेत्रमा मात्रै काम गरेको संस्था अहिले गरिब र सशक्तीकरणको क्षेत्रमा समेत काम गरिरहेको अध्यक्ष परियारले बताए । संस्थाको उद्देश्य प्राप्त गर्न जिल्लाका कुनै पनि निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न बाँकी नछोड्ने बताए ।

Shaileshwori
Loading...