आफै एम्बुलेन्स चलाएर सेवा दिँदै वडा अध्यक्ष खड्का 

तेजबहादुर डुम्रेल 
माघ १३, डोटी
दिपायल सिलगढी नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र खड्का बिरामी लिएर माया मेट्रो अस्पताल धनगढी पुगेका छन् । राजपुरबाट एक बालकलाई लिएर वडा अध्यक्ष खड्का स्वयं एम्बुलेन्स चलाएर धनगढी पुगेका हुन् ।
Sayalb
चालक तालिममा गएको हुँदा वडा अध्यक्ष खड्का आफैँले एम्बुलेन्स हाँकेर धनगढी पुगेका हुन् । करिब ३ महिनाको बच्चाको महाकाली मेडिकल राजपुरमा उपचार सम्भव नभएपछि माया मेट्रो अस्पताल लगेको अध्यक्ष खड्काले बताए । बच्चामा कडा खालको निमोनियाले गर्दा श्वास प्रश्वासमा समस्या भएको थियो ।
मानवीय सेवामा अग्रसर रहने वडाध्यक्ष खड्काले एम्बुलेन्स खरिद गरिएको दिन स्वयं एम्बुलेन्स चलाएर काठमाडौँबाट डोटी ल्याएका थिए ।
Shaileshwori
Loading...