

माघ १६, डोटी
डोटीको आदर्श गाउँपालिका–४ मा रहेको तेडिदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्गलवार आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष रमेश नागरीको सभाध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट संस्थाका सेयर सदस्यहरू बढाउँदै लैजाने, कोदो, कागुनो, भटमास, चिनो जस्ता रैथाने बालीहरूको खेतीमा अग्रसर हुँदै रोजगारी सिर्जना गरी किसानहरूलाई आत्म निर्भर बनाउने निर्णय गरिएको छ । ३६ लाख, ३३ हजार ६ सय ३२ रुपैयाँको कारोबार रहेको सहकारी संस्थाका एक सय २६ जना सेयर सदस्य रहेका छन् । कार्यक्रमको सञ्चालन सचिव धर्म राज ओझाले गरेका थिए ।
