अखिल (क्रान्तिकारी) उत्तर डोटीको अध्यक्षमा मगर चयन 

२३ माघ, डोटी ।
Sayalb
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) उत्तर डोटी जिल्लाको अध्यक्षमा लोकेन्द्र थापा मगर चयन भएका छन् । मङ्गलवार सिलगढीमा सम्पन्न उत्तर डोटी जिल्लाको चौथो जिल्ला भेलाबाट मगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा जुनेली परियार, सचिवमा केशव परियार, सह–सचिवमा जानकी भट्ट र कोषाध्यक्षमा छविराज भट्ट चयन भएका छन् ।
सदस्यहरूमा कौशल साउद, दशरथ कठायत, रेखा विष्ट, पूजा साउँद, जगत कुमाल, सावित्री सुनार, सिता धामी, वीरेन्द्र साउद, निस्मा खड्का, सिता साउँद, रुपा विष्ट र नवीन साउद चयन भएका छन् । भेलामा जिल्ला इन्चार्ज विमल सी, जिल्ला सचिव मोहन सिको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...