शनिबार देशभरका २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि


शनिबार देशभरका २ हजार १ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टाको अबधिमा २ हजार १ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए । देशभर कोरोना संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित कोरोनामुक्त भएका छन्। । कोरोना जितेर फर्किनेको संख्या ६२ हजार ७ सय ४० पुगेको मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा मात्रै १ हजार १ सय ७७ जना संक्रमित थपिएका छन्। ।

