क्रिकेट प्रतियोगिताको उपाधी पद्म पब्लिक माविलाई

रामहरि ओझा 
२९ माघ, डोटी 
आफ्नो ७६औँ वार्षिकोत्सवको  अवसरमा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ ।
प्रतियोगितामा आयोजक पप मुना माविले उपाधी हात पारेको छ । सोमवार भएको फाइनल खेलमा प्रतिस्पर्धी दिपायल एकेडेमीलाई २ विकेटले हराउँदै विजयी प्राप्त गरेको हो । टस जितेर आयोजक पप माविले दिपायल एकेडेमीलाई ब्याटिङको निम्तो दिएको थियो । दिपायल एकेडेमीले पहिले ब्याटिङ गर्दै ८०  रन बनाएको थियो । जवाफी ब्याटिङमा पप मुना माविले ८ विकेट गुमाउँदै २ विकेटको रोमाञ्चक जित निकालेको छ ।
Sayalb
नवौँ नम्बरमा ब्याटिङ गर्न आएका पप मुना माविका खेलाडी खगेन्द्र मलासीले बललाई सीमारेखा पठाउँदै रोमाञ्चक जित दिलाएका थिए । लिग कम आधारमा खेलाइएको सेमिफाइनल म्याचमा दुवै टोलीले मोर्निङ लाईट स्कुललाई पराजित गर्दै  फाइनल खेलेका थिए । प्रतियोगितामा मोर्निङ्ग लाईट स्कुल तृतीय भएको थियो ।  फाइनल खेलको उत्कृष्ट खेलाडी दिनेश नेपाली वनेका छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । क्रिकेट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ३५ हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पुरस्कार विद्यालयको ७६औँ वार्षिकोत्सवको अवसरमा बुधवार वितरण गरिनेछ ।
वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर विद्यालय  आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी १० वटा टिमहरूमध्ये पप मुना  मावि प्रथम, भागरथी एकेडेमी, सिलगढी द्वितीय र पवित्र आवासीय मावि र मोर्निङ्ग लाईट बोर्डिङ स्कुल तृतीय भएका छन् ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
Shaileshwori
Loading...