
फागुन ३, कपिलवस्तु ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै राति १ बजे सु.प.प्र ०२-००१ ख ००९८ नम्बरको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृतक १० जनामा ३ जनाको सनाखत भएको छ । रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ ।
घाइते ९ जनालाई उपचारको लागि बुटवल रिफर गरिएको र अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले बताउनुभयो । बस सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

