युवा सङ्गठन नेपाल उत्तर जिल्ला डोटीको अध्यक्षमा भक्त सी चयन

चैत ५, डोटी 
नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल उत्तर जिल्ला डोटीको अध्यक्षमा भक्त सी चयन भएका छन् । राष्ट्रघात भ्रष्टाचार र जनघातका विरुद्धको आन्दोलन सृजना गरौँ, स्वाधीन नेपाल र आत्मनिर्भर युवा तेस्रो जिल्ला भेला भन्ने नाराका सोमवार सिलगढीमा सम्पन्न तेस्रो भेलाले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
Sayalb
अध्यक्षमा भक्त सी, उपाध्यक्षमा अमर देउवा, सचिवमा शिवराज श्रेष्ठ र कोषाध्यक्षमा मिना बोहरा चयन भएका छन् । भेलाको अध्यक्षमा भक्त सी, प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य विमल सी रहेका थिए । युवा सङ्गठन नेपाल सेती ब्युरो इन्चार्ज र उत्तर जिल्ला सचिव मोहन सी र सामना परिवारका कलाकार चन्दन सीको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...