डोटीको सायलमा ३ दिने पञ्चेबाजा पुस्तान्तरण तालिमको आयोजना 

तेजबहादुर डुम्रेल
चैत २६ डोटी 
Sayalb
डोटीको सायल गाउँपालिकामा पञ्चेबाजा पुस्तान्तरण तालिमको आयोजना गरिएको छ । समता विकास नेपाल डोटीको सहकार्यमा सामाजिक विकास कार्यालय डोटीले आयोजना गरेको पञ्चेबाजा पुस्तान्तरण तालिम सोमवारबाट सुरु भएको हो । पछिल्लो समयमा परम्परागत सीप लोप हुन थालेकाले सीप हस्तान्तरण जगेर्ना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको समता विकास नेपालका अध्यक्ष सन्तोष विकले बताए । आधुनिक बाजाका कारण लोप हुने अवस्थामा पुगेको पञ्चेबाजा संरक्षणमा तालिमबाट सहयोग पुग्नेमा उनको विश्वास छ ।
सिप भएका व्यक्तिको मृत्यु भएपछि परम्परागत संस्कृति लोप हुँदै जाने खतरा देखिन थालेकाले सीप तथा अन्तरज्ञान हस्तान्तरण तालिमको परिकल्पना गरिएको सामाजिक विकास कार्यालय राजपुर डोटीका प्रमुख जयदेव महराले बताए ।  तालिममा सहभागी अमर नागरिले सीप हस्तान्तरण तालिम पाउँदा हर्षित भएको बताएका छन् । तालिममा स्थानीय नरि नागरी र लाल नागरी प्रशिक्षक रहेका छन् । तालिममा १८ जनाको सहभागिता रहेको छ ।
Shaileshwori
Loading...