पृतनापति श्रेष्ठले गरे खप्तडमा गङ्गा दशहरा मेला दर्शन तथा अवलोकन 

सुबास नेपाली 
असार २, डोटी 
सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने ‘गङ्गा–दशहरा’ मेलाको सुदूर पश्चिम पृतना हेडक्वार्टरका पृतना पति उपरथी गणेश कुमार श्रेष्ठले अवलोकन गर्नुका साथै त्रिवेणी क्षेत्रमा पूजापाठ समेत गर्नु भएको छ।
हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने ‘गङ्गा–दशहरा’ मेलामा पृतना पतिले अवलोकन तथा पूजापाठ गर्ने परम्परागत प्रचलन रहे अनुसार खप्तड क्षेत्रमा रहेका धार्मिक स्थलको अवलोकन तथा पूजापाठ गरिएको सुदूर पश्चिम पृतना हेडक्वाटरले जनाएको छ।
Sayalb
त्यसका साथसाथै पृतना पति उपरथी श्रेष्ठले बाजुरामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका ,नाट्यश्वरी र डोटीको शैलेश्वरी मन्दिरको दर्शन गर्नुका साथसाथै पूजापाठ समेत गर्नु भएको छ।
‘गङ्गा–दशहरा’ मेलामा  त्रिवेणीमा स्नान तथा पूजापाठ पश्चात् डोटीको शैलेश्वरी मन्दिरमा दर्शन तथा पूजापाठ गर्ने परम्परा अनुसार शैलेश्वरी पुग्नु भएका श्रेष्ठले “सुदूर पश्चिममा अनेकौँ सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरू खप्तड, बडिमालिका, नाट्यश्वरी, शैलेश्वरी, रामारोशन लगायतका थुप्रै सम्पदाहरूलाई बचाई राख्नु पर्ने बताए ।”
नेपाली सेनाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्दै आएको कुरा स्मरण गराउँदै यी सम्पदाको संरक्षणमा अझ स्थानीय बासिन्दाको ठुलो हात हुने पनि बताए।
मेला भर्न आउने श्रद्धालु भक्तजन तथा पर्यटकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उपचारमा सहज होस् भन्ने उद्देश्य ले नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना समेत गरेको पृतना पति उपरथी  श्रेष्ठले जानकारी दिए।
Shaileshwori
Loading...