कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

कात्तिक १३, डोटी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-७ करैचामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुमन कठरीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए ।

Sayalb

गए राति से ७ प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी ११ का सुमनको घटनास्थलमा नै मृत्यु भएको पालले बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल राखिएको छ ।

Shaileshwori
Loading...