कालिकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

कात्तिक २५, कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप पलाता गाउँपालिका  वडा नम्बर ३ राडुकाप्रे खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sayalb
आइतबार दिउँसो २ बजेर ३० मिनेटतिर भएको दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।  घाइते भएका १३ जनामध्ये सात जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भौगोलिक रूपमा निकै टाढा भएकाले प्रहरी पुग्न समेत समय लागेको बताएका छन् । उनका अनुसार बोलेरोमा २० जना यात्रु रहेका थिए । मृतकको सनाखत हुन सकेको छैन ।
Shaileshwori
Loading...