
पुस ५, काठमाडौँ । नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो ।

‘साउदी अरबबाट बिहीबार स्वदेश आएका पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा मंकीपक्स संक्रमण पुष्टि भएको डा. बुढाथोकीले बताए । हाल उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
