नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनलमा रोयल्स र बोल्ट्स भिड्दै

पुस ६, काठमाडौँ । नेपाल नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच आज खेल हुँदै छ । नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपिएलको पहिलो संस्करणको फाइनलमा रोयल्स र बोल्ट्सबिच खेल हुन लागेको हो ।

फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

Sayalb

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका थिए जहाँ सुदूरपश्चिम विजयी हुँदै सिधा फाइनलमा पुगेको थियो । त्यसैगरी चितवनविरुद्ध इलिमिनेटर जितेर आएको कर्णालीलाई त्यसपछि जनकपुरले दोस्रो क्‍वालिफायरमा हराएको हो ।

लिग चरणका सुरूवाती ४ खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि एक खेल हार्दा एक खेल जितेर अन्तिम खेल हारेको थियो । त्यसैगरी सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेलमा पराजित भएको थियो । त्यसयता सुदूरले हार देखेको छैन ।

Shaileshwori
Loading...