आदर्शको महादेवेश्वर विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

पुस २१, डोटी । आदर्श गाउँपालिका–३ ऐलीमा रहेको महादेवेश्वर आधारभूत  विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोग्य सेवा केन्द्र आदर्श गाउँपालिकाको आयोजनामा शुक्रवार सुरु भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
योग, आयुर्वेद तथा जीवनशैलीका विभिन्न आयाम तथा विद्यार्थीहरूको अनुशासन तथा ज्ञान वृद्धि गर्न विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम आवश्यक रहेको कार्यक्रमका प्रशिक्षक बलदेव जोशीले बताए । योगले शरीर, मन र आध्यात्मिक जीवनलाई जोड्ने काम गर्ने भएकाले विद्यार्थीहरूलाई आत्मानुशासन, सभ्य र सु–संस्कृत जीवन यापनका लागि योग अत्यन्त आवश्यक रहेको उनले बताए ।
Sayalb
कार्यक्रममा सिकाइएका कुराहरूलाई मन वचन र कर्मले जीवनमा लागू गरियो भने त्यसले ठुलो फाइदा गर्ने विद्यालयका प्रधानाध्यापक काशीराम पाठकले बताए । उनले भने “राम्रो कुरा पाउन दुर्लभ छ, हाम्रो मन वचन र कर्म नराम्रो तिर नजान दिनका लागि योगको ठुलो भूमिका छ ।” । योग सम्बन्धीको शिक्षालाई शिक्षक विद्यार्थी सबैले दैनिक जीवनमा लागू गर्नुपर्ने कुरामा प्रधानाध्यापक पाठकको जोड छ ।
कार्यक्रमबाट योग मानव जीवनका लागि नभई नहुने कुरा रहेको थाहा पाएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी मिना पाठकले बताइन् । योग आयुर्वेद हाम्रो मौलिक संस्कृति भएको र यसको जीवनमा प्रयोगले शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुन ठुलो महत्त्व रहेको कुरा कार्यक्रमबाट सिक्न पाएको उनले बताइन् ।
Shaileshwori
Loading...