आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पुस २२, गोरखा । गोरखा जिल्लामा आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । छोरी बलात्कार गरेको आरोपमा ३६ वर्षीय नाम परिवर्तित जयकुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

Sayalb

उनका अनुसार गत मङ्सिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेकोे अवस्थामा पटक पटक ओछ्यानमा जबरजस्ती बलात्कार गरेको आरोपमा पिडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमवार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै बाबु र छोरी भएकाले पालिकाको नाम र स्थायी ठेगान तथा नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।

Shaileshwori
Bolpatra
Loading...