शैलेश्वरी क्षेत्र विकास समितिको वार्षिक साधारण सभा सम्पन्न, ६ जना सम्मानित 

माघ १३, डोटी । शैलेश्वरी क्षेत्र विकास समितिको ५३ औँ वार्षिक साधारण सभा शनिवार सिलगढीमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा कार्यक्रममा क्षेत्र विकास समितिले एक आर्थिक वर्षको अवधिमा गरेका गतिविधि हरूको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा आर्थिक प्रतिवेदन क्षेत्र विकास समितिका कोषाध्यक्ष डम्बर बहादुर खड्काले गरेका थिए भने अन्य क्षेत्र विकास समितिको बारेमा विस्तृत जानकारी शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले गरेका थिए ।
शैलेश्वरी क्षेत्र डोटीको मात्र नभई नेपालको एक प्रमुख धार्मिक स्थल सबैको आस्थाको धरोहर भएकोले यसको प्रचार प्रसार तथा विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी, पत्रकार साहित्यकार धन बहादुर मल्लले बताए । उनले शैलेश्वरी क्षेत्रको विकासले अन्य क्षेत्रको विकासमा सहयोग पुग्ने समेत बताए ।
सिलगढी बजार क्षेत्र र शैलेश्वरी मन्दिरको विकासका लागि योजना माग भई आएमा आफूहरूले सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउद महर साउँदले बताइन् । शैलेश्वरी क्षेत्रको विकास गर्न हाम्रो पनि दायित्व रहेकोले आफूले सहयोग गर्न तयार रहेको बताइन् ।
शैलेश्वरी क्षेत्रको समग्र पक्षको विकास गर्नु सबैको दायित्व रहेको दिपायल सिलगढी नगरपालिकाकी पूर्व नगर प्रमुख मञ्जु मलासीले बताइन् । कार्यक्रममा बोल्दै पूर्व नगर प्रमुख मलासीले सिलगढी बजार दिनानुदिन  सुक्दै गएकोले यता तिर सबैको ध्यान जान आवश्यक रहेको समेत बताइन् ।
Sayalb
डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले कर्तव्य पालनामा सबैले जोड दिनुपर्ने बताए । सबै आ आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गरे यश क्षेत्रको टेवा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रकाश बमले सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्ति पीठमध्येको एक शैलेश्वरी मन्दिर रहेकोले यसको महिमा निक्कै ठुलो रहेको बताए । मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्वका बारेमा अझै सबै सामु पुर्‍याउन साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
शैलेश्वरी क्षेत्रको विकास तथा प्रचार प्रसार गर्नु सबैको दायित्व रहेको क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए । उनले भने शैलेश्वरीको महिमा आज भोलीको नभई वेद ब्यासले पुराणमा उल्लेख गरेको तथ्य रहेकोले यसको प्रचार प्रसार र विकास गर्न स्वयं भक्तहरू आफै जागरूक हुन आवश्यक रहेको बताए ।  २०८३ सालमा हुने महाकुम्भलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको समेत अध्यक्ष भट्टले बताए ।
शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाका प्रमुख अतिथि डोटीका वरिष्ठ समाजसेवी, पत्रकार साहित्यकार धन बहादुर मल्ल रहेका थिए भने कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख साउद , पूर्व नगर प्रमुख  मलासी, डोटी बहुमुखी क्याम्पसका प्रमुख जोशी,  भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा,  नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बम, राजनीतिक दल, बाह्र बरेलाका धामी भराणी, नागरिक समाज, पत्रकार, स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्र विकास समितिका उपाध्यक्ष शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्टले गरेका थिए ।
साधारण सभामा  ६ जना सम्मानित 
शैलेश्वरी क्षेत्र विकास समिति डोटीले जिल्लाको विभिन्न क्षेत्रको विकासमा योगदान गरेको भन्दै ६ जनालाई सम्मान गरेको छ ।शैलेश्वरी क्षेत्र विकास समितिले आफ्नो ५३ औँ वार्षिक साधारण सभामा कार्यक्रममा पत्रकार, मूर्तिकार तथा साहित्यकार धन बहादुर मल्ल,डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी, डोटी स्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा र नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बम, दिपु श्रेष्ठ र राजीव श्रेष्ठ लाई कदर पत्र र दोसल्ला सहित समितिका अध्यक्ष  भट्टले  सम्मान गरेका हुन् ।
Shaileshwori
Loading...