रेशम चौधरी पक्राउ, नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित

वैशाख १७, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।

कैलालीको टिकापुरमा भएको घटनामा चौधरीलाई सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो । त्यो फैसला कार्यान्वयनका लागि जेलमा रहेका बेलामा सरकारले उनलाई आममाफी दिएपछि छुटेका थिए । उनी छुटेपछि आएको फैसलाको पूर्णपाठमा उनलाई आममाफी दिन नमिल्ने लेखिएको थियो । त्यो फैसला कार्यान्वयन गर्न अदालतले पत्र पठाएपछि पक्राउ गरेर कार्यान्वयन गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।

Sayalb

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको उनले बताए । उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् ।

Shaileshwori
Loading...