दिपायल सिलगढीको चासी, आदर्श र सायलमा पाँच दिन विद्युत् लाइन अवरुद्ध हुने

साउन ११, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ चासी, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा पाँच दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले एक सूचना जारी गर्दै साउन ११ गतेदेखि पाँच दिनसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ।
प्राधिकरणका अनुसार डोटी वितरण केन्द्रअन्तर्गत मौवा सबस्टेशनदेखि सायल बजारसम्म डबल सर्किट ११ के.भी. फिडर निर्माण कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुन लागेको हो । प्राधिकरणले उक्त निर्माण कार्यको समय अवधिमा स्थानीयवासी तथा सरोकारवालालाई पूर्व जानकारीका लागि अनुरोध गरेको छ ।
Sayalb
बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म विद्युत् लाइन बन्द हुने बताइएको छ । प्राधिकरणले निर्माण कार्यको समयमा विद्युत् संरचना नछुन र सावधानी अपनाउन आग्रह गरेको छ ।
Shaileshwori
Loading...