बोगटान फुड्सिल गाउँपालिका स्थित टुँडागाडमा मोटरेवल पुलको शिलान्यास 

कात्तिक १४, डोटी । दिपायल–बोगटान सडक अन्तरगत पर्ने टुँडागाडमा मोटरेवल पुलको शिलान्यास गरिएको छ । शुक्रवार बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गरेका हुन् ।

सहजपुर, बोगटान, दिपायल सडकको दिपायल–बोगटान खण्डमा पर्ने बोगटान फुड्सिल गाउँपालिका स्थित टुँडागाडमा पुल बन्न लागेको हो । लामो समयदेखि टुँडागाडमा पुल नबन्दा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

Sayalb

पुलको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष गड्सिलाले पुल बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि पुल नबन्दा स्थानीयले बर्खाको समयमा सास्ती खेप्नु परेकोमा अब त्यो समस्या हट्ने बताउँदै निर्माण पक्षले समयमै पुल निर्माण गरेमा पालिकाले पुरस्कृत गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुल निर्माणका लागि २०८२ असार ३ गते पूर्वाधार विकास कार्यालय डडेल्धुरा र सिद्धनाथ जय भगवती जेभी धनगढी बिच भ्याटसहित रु. पाँच करोड १५ लाखमा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण पक्षले २०८३ को असार मसान्तसम्ममा पुल निर्माण गरिसक्नुपर्ने छ । सम्झौता अवधि भित्रै काम सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी गरिएको निर्माण कम्पनीका प्राविधिक अधिकृत अन्जु कुवरले बताउनुभएको छ ।

Shaileshwori
Loading...