
माघ ३, कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रेम आले उम्मेदवार बन्ने भएका छन् । डोटीबाट चुनाव लड्दै आएका आले यश पटक कैलाली झर्ने भएका छन् । शनिबार आलेले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबाट टिकट ग्रहण गरेका छन् ।
२०७९ मा आले नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका थिए । २०७४ र त्यो भन्दा अगाडिको चुनावका पनि आले डोटीबाटै चुनाव लडेका नेता हुन् ।

यसअघि सम्म कहीँ पनि नखुलेका आले रास्वपामा जाने चर्चा थियो । अनन्त: उनी नेकपाबाट कैलाली-५ मा चुनाव लड्ने निश्चित भएको नेकपाका केन्द्रीय सदस्य हेमन्त रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
