
माघ १९, डोटी । डोटीस्थित राष्ट्रिय वाणिज्य बैङ्क डोटी शाखाले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई सम्मान गरेको छ । बैङ्कको ६१ औँ वार्षिकोत्सवको अवसरमा ६ जना सेवाग्राहीलाई सम्मान गरेको शाखाका प्रबन्धक तेजराज जोशीले जानकारी दिएका छन् । डिजिटल कारोबारमा दुई जना, निक्षेप तर्फ दुई जना र कर्जा तर्फ दुई जना गरी ६ जना सम्मानित भएका हुन् ।
डिजिटल तर्फ सिद्धराज जोशी, दीपेन्द्र केसी, निक्षेप तर्फ संस्थागतमा पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालय र व्यक्तिमा अनिता थापा विष्ट तथा कर्जा तर्फ पिएस कन्स्ट्रक्सन सिलगढी (प्रेमसंकर भट्ट ) र जेनिएस इन्टरनेसनल एकेडेमी सिलगढी (कृष्ण कुमार खड्का) सम्मानित भएका छन् । सम्मानित हुने सबैलाई अबिर, खादा र सम्मानपत्र सहित सम्मान गरेको हो ।

साथै राष्ट्रिय वाणिज्य बैङ्कका ८ जना पूर्व कर्मचारीलाई पनि सम्मान गरिएको शाखा प्रबन्धक जोशीले बताए ।

